अमेरिकामा नेपा पास पुचः अमेरिकाये (एनपीपीए)को १० औ ईही सामूहिक पूजा भव्यताको साथ सम्पन्न भएको छ ।
मेरिल्याण्डको पोटोम्याक शहरस्थित हरे कृष्ण मन्दिरमा सम्पन्न भएको १०औ ईही सामूहिक पूजामा १३ जना नेवार समुदायका कन्याले सामूहिक ईही पूजा गरेका थिए ।
कार्यक्रममा डिसी महानगर क्षेत्र मेरिल्याण्ड, भर्जिनिया र वाशिंगटन डिसी लगायत अन्य राज्यहरू पेनसेल्भेनिया तथा जर्जियाबाट समेत ईही पूजाको लागि आफ्ना छोरीलाई ल्याएका थिए ।
सामूहिक ईही समारोहमा अमेरिकामा जन्मेका बालिकाहरुलाई सामूहिक ईही पूजामा समाबेश गरिएको थियो । नेवार समुदायका पुरोहित तथा साँस्कृतिक दूत बासब राजोपाध्यायले ईही पूजामा गरिने सम्पूर्ण परम्परागत बिधी मन्त्रोचारणका साथ सम्पन्न गरेका थिए ।