मधु पन्थी नगर परिषद सदस्यमा निर्वाचित

मधु पन्थी नगर परिषद सदस्यमा निर्वाचित
समाज

अमेरीकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको प्रसिद्ध शहर मनासस नजदिक रहेको हेमार्केट शहरको लागि नेपाली मूलका मधुसुदन पन्थी नगरपालिकाको लागि नगरपरिषद सदस्यमा निर्वाचित भएका छन् ।

मतदानमा नगर प्रमुखसहित ७ जना उम्मेदवारहरूमा पन्थी नगरपरिषद सदस्यमा निर्वाचित भएका हुन् । पन्थीले उक्त नगरमा ९ सय घर दैलो अभियानमा संलग्न भै मत मागेका थिए । निर्वाचित सबै सदस्यहरुको सपथ ग्रहण जुलाई १ तारिखमा हुनेछ ।

सम्भवत उनी यसरी नगर क्षेत्रको निर्वाचनमा निर्वाचित हुने टाउन अफ इन्डीएन हेडका निर्वाचित उपनगर प्रमुख किरण सिटौलापछि दोश्रा भएका छन् ।

नव निर्वाचित पन्थी अझ पनि नगर योजना आयुक्त हुन् । उनले सपथ ग्रहण गरेपछि नगर परिषद सदस्य हुनेछन् । प्रिन्स विलिएम काउन्टी भर्जिनियाको हेमार्केट शहरका नगर प्रमुख डेविड एम लिकले अप्रिल २५ ,२०१६ तारिख नियुक्त गरेका थिए ।

टाउन अफ हे मार्केटको लागि पन्थी सहित जम्मा ७ जना योजना आयुक्तमा नियुक्त भएका मध्ये ६ जना अमेरिकन मुलका रहेका थिए ।

Post Comment