आइतबार बिहानका राति नै चितवनको भरतपुरमा शक्तिशाली बम विस्फोट भएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ ।
ट्राफिक प्रहरीका अनुसार प्रदेश नम्बर १, ३, ४, ५, ६ र ७ मा बन्दको प्रभाव बढी नै देखिन्छ भने प्रदेश २ मा आशिंक मात्र देखिन्छ । प्रदेश ३ अर्थात् केन्द्रीय राजधानी काठमाडौैं उपत्यकामा सार्वजनिक बिदा भएकाले कम गाडी चलेका छन् ।
बन्दको प्रभाव उपत्यकामा धेरै नपरेको प्रहरीको भनाइ छ । राजधानीबाट बाहिरी जिल्लाका लागि छुट्नते सबै बस छुटेका छन् भने अन्य जिल्लाबाट समेत राजधानी भित्रिनेक्रम सामान्य रुपमा भइरहेको छ । अन्य प्रदेश र जिल्लामा भने बन्दको प्रभाव देखिन्छ । केही विद्यालयमात्र खुलेका छन् भने कतिपय पसल र उद्योग कलकारखाना समेत बन्द भएका छन् । बन्दको सबैभन्दा धेरै प्रभाव प्रदेश सातमा परेको प्रहरीको भनाइ छ ।