एनजिओ र आईएनजिओलाई विप्लवको यस्तो धम्की

एनजिओ र आईएनजिओलाई विप्लवको यस्तो धम्की
समाज

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनपरिषद नेपाल खोटाङले जिल्लामा भित्रिएका एनजिओ, आईएनजिओलाई १० दिनभित्र जनपरिषदमा दर्ता गर्न भनेको छ ।

जिल्ला जनपरिषद नेपाल खोटाङका प्रमुख ज्वालाको नाममा शनिबार जारी विज्ञप्तीमा परियोजना सञ्चालनकाक्रममा भित्रिएका एनजिओ, आईएनजिओ तथा विकास निर्माणका लागि भित्र्याइएका डोजर र स्काभेटरलाई समेत शनिबारदेखि जेठ ८ गतेभित्र दर्ता गर्न भनिएको छ ।

अन्यथा पर्न गए यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने जनपरिषदको विज्ञाप्तीमा चेतावनी दिइएको छ । जनपरिषदले आवश्यक कागजात तथा तोकिएको मापदण्डसहित डोजर, स्काभेटर, एनजिओ, आईएनजिओलाई जनपरिषदमा दर्ता गर्न उर्दी गरेको छ ।

Post Comment