र्यान्डम रिडर्स सोसाइटीमा ध्रुबसत्यको कैरन (फोटो फिचर)

र्यान्डम रिडर्स सोसाइटीमा ध्रुबसत्यको कैरन  (फोटो फिचर)
समाज साहित्य

३० बैशाख, पोखरा । र्यान्डम रिडर्स सोसाइटी अफ नेपालको आयोजनामा ध्रुबसत्य परीयारद्वारा लिखित पुस्तक “कैरन” माथि बहस तथा अन्तरकृयात्मक कार्यक्रमको गरियो ।


उक्त पुस्तक माथि सोसाइटीका सदस्य मीरा ढकालद्वारा अबधारणा पत्र प्रस्तुत गरियो । परीयारको पुस्तक माथि बोल्दै ढकालले कथा मार्फत मिथकहरुलाई समाबेश गरेको कुरा ब्यक्त गरिन ।


कैरनमा लेखकले मिथकहरुलाई अपब्याख्या गरेको नभै पुनर्व्याख्या गरेको र मिथकहरुको प्रयोगबाट सत्य खोज्न लागेको बताइन । कैरनले समानताको वकालत गरेको छ ।


हामीले भोग्दै आएका परम्परागत रुढीबादी कुराहरुको पर्दाफास गरेको छ । उनले कैनन अन्य कृति भन्दा फरक हुनुमा मिथक र सत्य, बिगत र बर्तमान, धर्म र कानुनको अनुत्तरित प्रश्नहरुको स्पस्टीकरण दियको बताइन ।


कार्यक्रममा लेखक ध्रुबसत्य पारीयारले आफुले समाजबाट भोग्दै आएको कुरा नै पुस्तकमा समाबेश गरेको बताए । नेपालमा भएका सबै कुरा प्राचिन मिथकमा आधारित भएको र त्यसैका आधारमा समाजले ब्यबहार गर्ने कुरा बताए ।


उनले भने हामी सबै धर्मले बनाएको कानुनमा बाचेका छौ । “जीबन नै एउटा भ्रम जस्तो बाच्दै आएको छु” उनले भने ।


धर्मको नाममा समाजमा अझै पनि समानता नभएको हुनाले यस्तो परम्पराको अन्त्य हुनु पर्ने कुरा बताए । उनले भने “राज्य कसैको अधिनमा हुनुहुदैन, सबै स्वतन्त्र हुनु पर्दछ” । मान्छेको शरीर आत्मबिश्वासले बलियो बनाउने उनले तर्क राखे । मान्छेमा आत्मबिश्वास हुनु पर्दछ, नैतीक बल भएन भने सत्य देखी डराउछ ।


उक्त कार्यक्रममा लेखक गणेश पौडेल, कबी साबित्री गौतम र लेखक एबम कबी सरस्वती प्रतिक्षाले पुस्तक प्रती जिज्ञासा राखेका थिए । कार्यक्रममा पुस्तक प्रेमीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Post Comment