चाँगुनारायण नगरपालिका वडा नं. ७ सरस्वतिखेलमा जन्मेहुर्केका मनोज खड्का आफुले आफुलाई साधक भन्न रुचाउछन्। उनी ढुंगे युगको समयको जसरी बनबास गएर, गुफामा बस्ने होइन कि घरमै बसेर २१ औ शताब्दीको आधुनिक सामानको प्रयोग गरेर तप गर्ने तान्त्रिक यानिकि आधुनिक तान्त्रिकको रुपमा चिरपरिचित छन्।
कक्षा १० सम्म अध्ययनरत मनोज खड्कालाई भगवानप्रति कुनै आस्था थिएन। आफ्नो बिगतको कुरा सम्झदै उनले भने ,’मलाई पेटको समस्या थियो। पेटमा केहि हिडेको जस्तो महसुस हुन्थ्यो। मैले ठुल्ठुलो नाम चलेको अस्पतालमा गएर चेक अप पनि गराए। तर रोगको अत्तोपत्तो लागेन। एकदिन मेरो अनुहार देख्ने बित्तिकै एक बाबाले तिम्लाई बिगार परेको छ भने। बाबाले उल्टा गरेर औषधि खाए पछि निको हुन्छ भनी उल्टा गरेर खान दिए। ‘ उल्टा गरेको औषधि खाए पश्चात बिहानीपख उनी हल्का हुन जाँदा केहि चिज जस्तो बाहिर आयो। निकै हल्का र स्वस्थ महसुस गरे उनले। त्यो दिन पछि उनलाई आजको दिन सम्म पेटको समस्या नभएको उनको भनाई रहेको छ।
[youtube https://www.youtube.com/watch?v=D1U68r79iZY]
आधुनिक तान्त्रिक मनोज खड्काले आफ्नो स्वस्थयमा आएको समस्या निवारण भएपछी आफ्नो अध्यात्मिक जीवनको शुरुवात गरेको बताउछन्। शक्ति, आत्मा, भुतप्रेत छ भन्ने कुरामा उनलाई विश्वास लाग्न थाल्यो साथै जिज्ञासा पनि जाग्यो। बाबासँगै केहि समय साथमा रहेर उनले अदृश्य शक्तिको बारेमा ज्ञान हासिल गरे। उनले पनि तन्त्रमन्त्रको बिद्या सिकेर जगकल्याणको लागि प्रयोग गर्ने सोचे। थप तान्त्रिक बिद्या प्राप्तिको लागि उनी भारत प्रस्थान गरे।
२०५७ साल देखि गोरखनाथ पन्थ र नाट्यश्वोरी अघोर पन्थ गुरुदेवको क्षत्रछाया र संगतमा रहेर मनोज खड्काले चैतन्य शक्तिको कृपा प्राप्त गरे। माताको हातबाट एक मुठी चामल भिक्षा लिएर ५ वर्ष सम्म घरपरिवार त्यागेर सन्यासी रुप भइ बसेका उनी भन्छन्,’बिद्या सिकेपछिको जीवन के रैछ नजिकबाट नियाले। आत्मसन्तुष्टि प्राप्त गरे। जीवन मरे पछि छ या छैन भन्ने विषयमा गहन अध्ययन गर्ने मौका पाए। ‘
३७ वर्षका साधक मनोज खड्का खली खुवाउने, चिना बनाउने, हेर्ने र भविष्यवाणी गर्ने जस्ता इत्यादि कार्यहरु गर्छन्। उनले आफ्नो बिद्या मार्फत जति पनि कार्यहरु गर्छन् सबै बिना पैसा गर्ने उनको दाबी रहेको छ। उनी भन्छन्,’मेरो गुरुको पन्थ अनुसारले लिनी होइन, यति भनेर माग्ने न त तपाईलाई अधिकार छ न त मलाई अधिकार छ। तपाई हामि सबै यो धरातलमा माग्नको लागि आएका हौ। तपाईहाम्रो आत्मा तृप्त भइदिएको भए आज हामीले दुख गर्नुपर्दैन थियो। हामी हात फैलाएर नै हिडिरहेका छौ। त्यसकारण हामि माग्ने हौ तर यति उती माग्ने भन्ने हुदैन। तन्त्र भनेको जगकल्याणको लागि हो। ‘
गुरु रामनाथ अघोरी परदादाको साथ पशुपतिको आर्यघाटमा ३० दिन जीवन बिताएका साधक मनोज खड्का भन्छन्, ‘जीवन भनेको दुई भारी दाउरा एक डालो खरानी तिन बाल्टिनी पानी हो।’
हेर्नुहोस् भिडियो :