विमलेन्द्र निधिले प्रसिद्ध जानकी मन्दिर जस्तै जानकी माताको मूर्ति दिने

विमलेन्द्र निधिले प्रसिद्ध जानकी मन्दिर जस्तै जानकी माताको मूर्ति दिने
समाज

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मेरिल्याण्ड पशुपति–बुद्ध मन्दिरलाई जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिर जस्तै जानकी माताको मूर्ति दिने भएका छन् । यसका लागि निधिले पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका निधिले नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रस्थित पशुपति–बुद्ध मन्दिरको भ्रमणमा उक्त प्रतिबद्धता जाहेर गरेका हुन् । कांग्रेस नेता निधि निजी भ्रमणका लागि आफ्नी पत्नीसहित अमेरिका आएका छन् ।

मन्दिर अवलोकन गराउन एसोसिएसन अफ नेपाली तराईएन इन अमेरिका (एन्टा)का वर्तमान अध्यक्ष विजय सिंहले समेत पहल गरेका थिए । निधिले भ्रमण कै क्रममा मन्दिरका पदाधिकारी तथा अन्य नेपाली समुदायसंग भेटघाट गरेका छन् ।

निधिले पूजा समाप्त गरेपछि भेटघाट कै क्रममा मन्दिरलाई थप जनकपुरधाम जस्तै जानकी माताको मूर्ति स्थापना गर्न पहल गर्ने बताए ।

Post Comment