थाइराइड बारे जानी राखौ ! (डा दिपेश कार्की संगको कुराकानी) भिडियो

थाइराइड बारे जानी राखौ ! (डा दिपेश कार्की संगको कुराकानी) भिडियो
कुराकानी समाज स्वास्थ्य

जेष्ठ, पोखरा । बिश्व थाइराइड दिवसको अवसरमा फिजिसियन डा दिपेश कार्कीले थाइरोइड रोग बारे जानकारी दिदै भन्नु भयो “थाइराइड भनेको एउटा गन्थी हो जुन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ। यसलाई गलगाँड भनिन्छ ।यो गन्थीको काम थाइराइड हर्मोन उत्पादन गर्नु हो । यो हर्मोन रगतमा घुम्दछ र हामो शरीरलाई स्फूर्तिलो बनाउन मदत गरिरहेको हुन्छ।”

थाइराइड ग्रन्थि घाँटीको अग्रभागमा रुद्रघण्टीको तल अवस्िथत हुन्छ। उक्त ग्रन्थिले थाइराइड हार्मोन उत्पन्न गर्छ। जसले हामीले खाएको पौष्टिक तत्त्वलाई जीनतत्त्वमा रूपान्तरण गर्छ। थाइराइड हार्मोनले शारीरकि शक्ति नियमन गर्न, अरू हार्मोन र भिटामिनलाई शरीरमा प्रयोग गर्न र शरीरका तन्तुहरूलाई वृद्धि तथा परपिक्व गर्न महत्त्वपूर्ण काम गर्छ। थाइराइड ग्रन्थिको कार्य क्षमतामा गडबडी भएमा कि त प्रशस्त मात्रामा -अनावश्यक रूपमा) हार्मोनको उत्पादन हुन्छ -हाइपरथाइराइडिज्म) कि अत्यन्त न्यून मात्रामा हार्मोन उत्पादन हुन्छ -हाइपोथाइराइडिज्म)। यी दुवै प्रकारको थाइराइड समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ। मष्तिष्कबाट पिटुटरी ग्रन्थिमा थाइराइड स्िटमुलेटिङ् हार्मोन -टीएसएच) उत्पन्न हुन्छ। उक्त टीएसएच हार्मोन थाइराइड ग्रन्थिमा परभि्रमण गरेर टी-३ तथा टी-४ हार्मोनहरू उत्पादन गर्न उत्प्रेरकको काम गर्छ। थाइराइड ग्रन्थिलाई टी-३ तथा टी-४ हार्मोनहरू उत्पादन गर्न प्रशस्त मात्रामा खाने आयोडिन चाहिन्छ।

Post Comment