पाल्पामा बस दुर्घटना हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन्
जिल्लाको सदरमुकामबाट रामपूरतर्फ जाँदै गरेको लु२ख ९७५ नम्बरको बस रम्भा गाउँपालीका–४ हुमीनमा दुर्घटनामा भएको हो । मृत्यु हुनेमा ३ जना महिला र ९ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक दिल्लीराज पन्तले बताए ।
मृतक मध्ये ११ को सनाखत भएको छ । सनाखत भएकामा विष्णुमान बज्राचार्य, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, सुशील प्रसाद श्रेष्ठ, कृष्णबहादुर बोहरा, दुर्गाबहादुर सारु, लोकनाथ ढकाल, बसन्ती खाँड, गीता बुढाथोकी, संकेत बज्राचार्य रहेका छन् ।
२७ जना सवार बस सडक भन्दा डेढसय मिटर तल खसेको छ । लक्ष्मी वचत तथा ऋण सहकारी संस्था तानसेन बाट भ्रमण जाँदै गरेको बस दुर्घटना भएको हो ।
प्रहरी उपरिक्षक पन्तका अनुसार मृतकका संख्या बढ्न सक्ने छ । घाइतेलाई मिशन अस्पताल तानसेन र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि लगिएको पन्तले बताए