कसरी पुग्यो सगरमाथामा क्रिप्टोकरेन्सी ,सत्य के हो? (भिडियो)

कसरी पुग्यो सगरमाथामा क्रिप्टोकरेन्सी ,सत्य के हो? (भिडियो)
समाज

आज सामाजिक सञ्जालमा सगरमाथामा अवैध क्रिप्टोकरेन्सी पुर्‍याइएको एउटा समाचारलाई लिएर निकै उडाइएको छ। अन्नपूर्ण पोस्टमा छापिएको यो समाचारको कोट पनि रमाइलो छ। पर्यटन विभागका प्रवक्ता रामप्रसाद सापकोटाले अवैध वस्तु सानो भएकाले नदेखिएको जिकिर गरेका छन् समाचारमा। ‘अवैध वस्तुको आकार सानो भएकाले नदेखिएको हो’, सापकोटाले अन्नपूर्णसँग भने, ‘विमानस्थलमासमेत कडाइ नहुँदा अवैध सामाग्री भित्रिएको हुन सक्छ।’ खासमा क्रिप्टोकरेन्सी भनेको भर्चुअल (Virtual) मुद्रा हो। यसको प्रयोग एक आपसमा कम्प्युटरको माध्यमबाट मुद्रा लेनदेनको लागि हुन्छ। क्रिप्टोकरेन्सीहरु भर्चुअल भएको हुनाले तपाईले भौतिक रुपमा केही पाउनु हुँदैन। उत्खनन् प्रकियाबाट प्राप्त केही अंक र अक्षरहरले बनेको शब्द नै क्रिप्टोकरेन्सी हो। भौतिक मुद्रा झैँ यो शब्द जससँग हुन्छ उसैको। अनि यस्तो भर्चुअल मुद्रा कसरी चाहिँ सगरमाथामा लग्न सकिन्छ भन्ने ठानेर धेरैले समाचारलाई उडाएका छन्। तर सगरमाथाका क्रिप्टोकरेन्सी स्टन्ट भएको सत्य हो।

युक्रेनी सोसल नेटवर्क आस्कएफएमले यो पब्लिसिटी स्टन्ट गरेको थियो। उसको प्रायोजनमा एउटा समूहले सगरमाथा चढेको थियो। उनीहरुसित चाँडै नै लञ्च हुन लागेको क्रिप्टोकरेन्सीको ५० हजार डलर बराबरको डिजिटल टोकन भएको हार्ड ड्राइभ थियो। उनीहरुले त्यसलाई सगरमाथाको चुचुरोमा छाडेर आएका छन्। उनीहरुले यसबारे युट्युब भिडियो पनि बनाएका छन्। भिडियोमा देखाइएको छ
[youtube https://www.youtube.com/watch?v=6HZITCuHPLo]

Post Comment