धर्म प्रचार गर्ने एनजीओ/आईएनजीओको निगरानी बढाउने

धर्म प्रचार गर्ने एनजीओ/आईएनजीओको निगरानी बढाउने
समाज

सरकारले राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ) तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को अनुगमन र नियमनमा कडाइ गर्ने भएको छ । गृहमन्त्रालयमा बिहीबार गृहमन्त्री रामबहादुर थापा र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापासहित दुवै मन्त्रालयका पदधिकारीको बैठकले एनजीओ/आईएनजीओको निगरानी बढाउने निर्णय गरेको हो ।

यस्तै बैठकले भ्रष्टचारमा मुछिएका, राजनीतिक गतिविधिमा संलग्न, धर्म प्रचार जस्ता कार्यमा संलग्न एनजिओ/आईएनजिओको दर्ता नवीकरण नगर्ने निर्णय गरेको छ । बैठकले ७७ वटै जिल्लाबाट ती जिल्लामा सञ्चालित एनजिओ/आईएनजिओको विवरण र गतिविधि पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

Post Comment