काठमाडौंको शंखमुलस्थित यूएन पार्क गुन्डा नाइके अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ ।
मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्न महाशाखाको टोली त्यहाँ पुगेको थियो । तर, प्रहरी टोलीमाथि जाइलागेपछि गोली चलाउनु परेको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताए ।
लामालाई एउटा गोली लागेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।