नेपाल–भारत सीमामा गोली चल्यो, भारतीय नेता घाइते

नेपाल–भारत सीमामा गोली चल्यो, भारतीय नेता घाइते
समाज

नेपाल–भारत सीमा क्षेत्रभन्दा सय मिटर भारतीय भूमिमा जनता दल युनाइटेड (जेडीयू) का नेता पप्पु पटेलमाथि गोली प्रहार भएको छ ।

भारतको जोगबनीमा आज दिउँसो पटेलमाथि गोली प्रहार भएको हो । रानी भन्सारदेखि करीब १ सय मिटर टाढा टिकुलिया वस्तीमा अज्ञात समूहले जनता दल युनाइटेडका नेता पप्पु पटेलमाथि गोली प्रहार गरेको हो । मोटरसाइकलमा हिँडिरहेको बेला पछाडिबाट ३ राउण्ड गोली प्रहार गरिएको भारतीय प्रहरीले जनाएको छ ।

गोली लागेको पप्पुलाई तत्काल विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको लागि ल्याइएको थियो । गम्भीर घाइते पटेललाई नर्सिङ होममा उपचार हुन नसकेपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । घटना भारतमा भएका कारण थप जानकारी नभएको प्रहरी जनाएको छ ।

उता, घटनास्थलबाट भारतीय प्रहरीले पेस्तोलमा प्रयोग भएका गोली बरामद गरेको फार्बिसगञ्जका एसडीपीओ मनोज कुमारले जानकारी दिए । पटेललाई गोली प्रहार गर्ने अज्ञात समूह नेपालतर्फ नै भागेको हुन सक्ने भारतीय प्रहरीको अनुमान छ ।

Post Comment