पूर्वयुवराज पारस शाह गोरखा पुगेका छन् । मंगलबार मनकामना मन्दिरका पूजा गरेका शाहले बुधबार गोरखा कालिका र गोरखनाथ मन्दिरमा विशेष पूजा गरेका छन् ।
तत्कालिन शाह वंशिय राजाहरुले कुल देवी कालिका र इष्ट देवताको रुपमा गोरखनाथलाई लिने गर्छन् । गणतन्त्र स्थापना पछि पहिलो पटक पुख्र्यौली थलो आएका शाहले गोरखा संग्राहालयको अवलोकन गर्नुका साथै पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण समेत गरे ।
उनले गोरखा संग्राहालय परिसरमा रहेको पुरातात्वीक सामानहरुको बारेमा जानकारी लिएका थिए । हातहतियार कक्ष, शाह वंशिय राजाहरुको परिचय कक्षामा उनले निकै बेर समय बिताएका थिए ।
धार्मिक उद्देश्यका साथ शाह गोरखा पुगेको स्थानीय होम सिंह बस्न्याताले जानकारी दिए । पूर्वयुवराज पारस शाहलाई समर्थकले पन्चेबाजा र मोटरसाइकल र्याली सहित शाहलाई गोरखा दरबार पुर्याएका थिए ।