टेलिभिजन प्रस्तोता रवि लामिछानेको बारेमा अध्यागमन विभागले मुख खोलेको छ ।
लामिछानेले अबैधानिक रूपमा काम गरिरहेको उजुरी परेपछि उनको भिसाको बारेमा प्रेस काउन्सिलले अध्यागमन विभागसँग जवाफ मागेको थियो । काउन्सिललाई जवाफ लेख्दै अध्यागन विभागले लामिछाने आगामी अक्टोबर ४ सम्म नातेदार भिसामा रहेको र यस भिसामा कुनै पनि काम गर्न नपाउने उल्लेख गरेको छ ।
लामिछानेसँग अमेरिकी पासपोर्ट रहेकाले उनको वैधतामाथि प्रश्न उठेको हो । अमेरिका बसेर ४ बर्ष अघि नेपाल फर्किएका रविले एउटा निजी टेलिभिजनमा कार्यक्रम सञ्चालन गरिरहेका छन् । तर, उनले लिएको भिसा अनुसार रविले नेपालमा कुनै काम गर्न नपाउने अध्यागमन विभागले प्रष्ट पारेको छ ।