नेजा अधिवेशनको पूर्व तयारी बैठक सम्पन्न

नेजा अधिवेशनको पूर्व तयारी बैठक सम्पन्न
समाज

नेपाल सियाटल सोसाइटी लगायत वासिङटन राज्यमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिको उपस्थितमा नेपाल अमेरिका पत्रकार संघ नेजाले जुलाई २१ र २२ मा हुने अधिवेशनको तयारी मिटिङ आइतबार सियाटलमा आयोजना गरेको छ ।

गोरखा दरबारमा आयोजित कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधिहरूले सियाटलमा गर्न लागिएको नेजाको छैटौँ अधिवेशन तथा १२ औँ साधारण सभाको स्वागत गरेका छन् ।

नेपाल सियाटल सोसाइटीका संस्थापक अध्यक्ष एवं वासिङ्टन स्टेटका आयुक्त मोहन गुरुङ, वाणिज्यदुत एसी शेर्पा, नेपाल सियाटल सोसाइटीका अध्यक्ष माधव भण्डारीले अधिवेशन सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा दशरथ वुढाथोकी, बुद्धि कुँवर, पशुपति पाण्डे, पूर्व अध्यक्ष गणेश शिवाकोटी, मनिष ढकाल, हुने गुरुङले कार्यक्रम तयारीका लागि आवश्यक सहयोग गर्ने बताए ।

विभिन्न सहरमा रहेका नेपाली समुदायसँग नेजालाई जोड्दै जाने पूर्व घोषित नीति अनुसार नेजाले सियाटलमा अधिवेशन गर्न लागेको अधिवेशन तयारी समितिका संयोजक ध्रुव कुँवरले जानकारी दिए ।

कार्यक्रममा नेजाका महासचिव तोया दाहाल, कोषाध्यक्ष शैलेश पोखरेलले संस्थाले नेपाली समुदायसँग जोडिएर गरिरहेका काम र उद्देश्य प्रष्ट पारे ।

Post Comment