पोखरा लेखनाथ महानगरपालिकाको तेस्रो नगर सभाले महानगरको नाम हटाउने प्रस्ताव सर्वसहमतिले पास गरेको छ । पोखरा लेखनाथ महानगर पालिका नामबाट लेखनाथ शब्द हटाउन सर्वसहमतिले पास गरेको हो ।
वडा नम्बर १९ का अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचेतक शोभामोहन पौडेलले सोमबार नाम फेर्ने प्रस्ताब पेस गरेका थिए भने प्रस्तावलाई वडा नम्बर ९ का अध्यक्ष तथा नेपाली कांग्रेसका नेता रामराज लामिछानेले समर्थन गरेका थिए ।
प्रस्ताव माथि नगर सभामा मंगलबार छलफल भएको थियो ।