फेसबुकमा अमर्यादित शव्द पोष्ट गरेपछि प्रहरीको फन्दामा

फेसबुकमा अमर्यादित शव्द पोष्ट गरेपछि प्रहरीको फन्दामा
समाज

प्रेस काउन्सिलका पदाधिकारीहरुलाई समाजिक सञ्जालमा  अमर्यादित शव्द प्रयोग गरी धम्की दिने दुई जना प्रहरीको फन्दामा परेका छन् ।

न्यूज २४ टेलिभिजन मार्फत प्रसारित ‘सीधा कुरा जनता’ का सञ्चालक रवि लामिछानेमाथि उपर परेको उजूरी छानवीनका घटनालाई आधार बनाई सामाजिक सन्जालमा आपत्तिजनक, अमर्यादित शव्दहरु प्रयोग गरी पोष्ट र कमेन्ट गरेको उनीहरुमाथि आरोप छ ।

पक्राउ पर्नेमा इलाम घर भई हाल ललितपुरको बागडोल बस्ने ५० वर्षीय विनोद गौतम रहेका छन् भने नवलपरासीका ३६ वर्षीय विष्णु ढकाल रहेका छन् ।

उनीहरुले प्रेस काउन्सिल तथा पदाधिकारीको सामाजिक एवं व्यक्तिगत जीवन तथा मान प्रतिष्ठा समेतमा आघात पु¥याउने र ज्यान मार्ने समेतका धम्की दिई सामग्रीहरुको पोष्ट गर्दै आएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

विद्युतिय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गरी त्यस्ता गैरकानूनी कुराहरुमा पोष्ट र कमेन्ट गर्ने कार्य समेतमा संलग्नहरुको खोजतलास गर्ने क्रममा महाशाखाबाट खटिएको टोलीले गौतमलाई काठमाण्डौको टेकुबाट र ढकाललाई नवलपरासीको सुनवलबाट पक्राउ गरेको थियो ।

दुवैलाई विद्युतिय कारोवार ऐन अन्तर्गत अनुसन्धान कारवाहीको लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाईएको छ ।

विद्युतिय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को  दफा ४७ बमोजिम एक लाख रुपैंया सम्म जरिवाना वा पाँच वर्ष सम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

Post Comment