खेतियोग्य जमिन डुबानमा परेपछि नवलपरासीको सुस्ताका बासिन्दाले गण्डक नहरको बाँध भत्काएर पानी निकास गराएका छन् ।
सुस्ता गाउँपालिका वडानम्बर २ को गुडरिया भन्ने स्थानमा बाँध भत्काएर उत्तर प्रदेशतर्फ जाने नहरमा पानी खसालिएको हो ।
भारतीय नहर व्यवस्थित नहुँदा हरेक वर्ष सुस्ताको सयौं बिघा खेत डुबानमा पर्दै आएको छ । यस पटक पनि करिब २ सय बिघा धान खेत डुबानमा परेको छ ।
भारतीय पक्षले साइफन सफा नगरिदिँदा र ह्युमपाइप अग्लो स्थानमा राखिदिएकाले पानी बगेर नहरमा नखस्दा हरेक वर्ष सुस्ता डुबानमा पर्दै आएको छ ।