भर्जिनियामा नेपाली युवाको हत्या

भर्जिनियामा नेपाली युवाको  हत्या
समाज

अमेरिकाको भर्जिनिया राज्यको हेरन्डनस्थित ‘सुनोको ग्यास स्टेसन’मा काम गर्दै आएका रेशम बजगाईंको बुधबार बिहान सवा एक बजे हत्या भएको छ । गोरखा स्थायी घर भई नौ महिनाअघि अमेरिका आएका ४० वर्षीय बजगाईं हप्ताको एक दिन मात्र उक्त ग्यास स्टेसनमा काम गर्थे ।

अज्ञात समूहले उनीमाथि कुटपिट गरेको बताइएको छ । टाउकोमा गहिरो चोट देखिएकाले धारिलो हतियार प्रहार भएको आशंका गरिएको छ ।
ग्राहकले प्रहरीलाई खबर गरेपछि पार्किङ क्षेत्रबाट शंकास्पद व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो ।

नौ महिनाअघि अमेरिका आएका बजगाईं श्रीमती र पाँच वर्षीया छोरीसँग बस्दै आएका थिए ।

गैर–आवासीय नेपाली संघ, भर्जिनियाले मृतकको परिवारको सहयोगका लागि ‘गोफन्डमी डटकममार्फत्’ सहयोग संकलन सुरु गरिसकेको छ ।

Post Comment