पाेखरा, ३१ आषाढ । लेखिका शिवानी सिंह थारुको कृति “काठमाडौंमा एक दिन” र्यान्डम रिर्डस सोसाइटीको आयोजनमा बहस तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरियो ।
सोसाइटीका अध्यक्ष केशब शरण लामिछानेले अन्तरकृयात्मक बहस कार्यक्रमको सहजीकरण गरेका थिय ।
लेखिका शिवानी सिंह थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’सँग गरेको छलफलमा उनले उपन्यासमा आफूले लेख्न चाहेको र समाजलाई देखाउन चाहेको बिषय नै उतार्न सफल भएको बताएकी छन ।
“मधेशी र दलित आन्दोलनको बारेमा बोल्न जरुरी देखेकाले मैले आख्यानको रुपमा मधेशी दलितका मुद्दालाई पुस्तकमा उतारेको छु ” उनले बताइन ।
सोसाइटीका पूर्वअध्यक्ष गनेस पौडेलले उपन्यासले नेपालगञ्ज क्षेत्रको स्थानीय भाषा सस्कृतीलाई नेपाली मुलधारमा ल्याउन सहयोग पुर्याएको बताए ।
सोसाइटीका अध्यक्षले सोधेको एक प्रश्नको उत्तर दिने क्रममा लेखिका थारुले भनिन, “थारुले ९ वर्ष लगाएर पुस्तक लेखेपनि त्यसबाट सन्तोषजनक प्रतिकृया पाउन नसकेकोमा आफूलाई कुनै असन्तुष्टि नरहेको बताइन् ।
“काठमाडौंमा एक दिन” पुस्तक नपढ्नेहरुले नेपाली समाजमा आधारित एक महत्वपूर्ण पुस्तक पढ्न छुटाएको धारणा पौडेलले राखे ।
उनले भनिन्, ‘पुस्तक चित्रकलाजस्तो एकपटक कोरिसकेपछि सकिने बिधा होइन पुनर्लेखन र अनुसन्धानले बढी समय लागेको हो ।’ उपन्यास जुन समुदायका लागि लेखेको हो त्यही समुदायबाट भने राम्रै प्रतिक्रिया पाएको बताइन् । उपन्यासकै कारण बहस गर्नुपर्ने विषय सुरु हुन थालको उनले जनाइन् ।
काठमाडौंमा एक दिन’ उपन्यास कि लेखिका शिवानी सिंह थारुले पुरस्कार जितेर मात्रै पुस्तक अब्बल नहुने बताएकी छन् । उत्कृष्ट पुस्तक पाठकले नै मूल्याङ्कन गर्ने धारणा राखिन् । ‘विश्वका थुप्रै चर्चित पुस्तकहरु पनि कुनै पुरस्कार बिना कुनै उपाधी आफ्नै बलमा उत्कृष्ट ठहरिएका छन्,’ उनले भनिन् ।