हिमालयज लायन्स क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिमालयज लायन्स क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
समाज

कोलोराडो, अमेरीका । कोलोराडोको लङमन्ट स्थित हिमालयज लायन्स क्लबको आयोजनामा शनीबार रक्तदान कार्यक्रम सम्पन्न भयो । बोल्डर स्थित बोन फिल्स ब्लड सेन्टरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान जिवनदान भन्नेनारालाई मनन गर्दै, रक्तदान गर्नेहरुमा नारायण श्रेष्ठ, नातिबाबु भट्ट, बबीना श्रेष्ठ र एक स्थानीय कमील फोड रहेका छन् । रक्तदान गर्न ईच्छुक धेरै भएपनि बिभिन्न कारणले ४ जना मात्र रक्तदान गर्न उपयूक्त ठहरिएका थिए । अमेरीकाको नियम अनुसार रक्तदान गर्न बिशेष क्राईट एरिया पुरा गरेको हुनुपर्दछ ।

निश्चित अवधिपछि मानव शरिरमा रहेको रक्तकोषहरु आफै मरेर जाने त्यस्तो रगत दानगर्दा कसैको जिबन बचाउने सकिने भएकोले रक्तदानको जनचेतना अभिबृद्धी गर्न तथा कोलोराडोमा रहेको रक्त अभावलाई केहिहद सम्म समाधान गर्न कार्यक्रम आयोजना गरिएको लायन्सका नव निर्वाचित अध्यक्ष बिकल पराजुलीले बताएका छन् ।

क्लबको विषेश आग्रहमा बोल्डर बोन फिल्स ब्लड सेन्टरले स्थान र समय उपलब्ध गराएको थियो । बोन फिल्स ब्लडसेन्टरको भित्तामा ६ सय पटक रक्तदान गर्ने भर्गिल अलसनको फोटो राखिएको थियो । कार्यक्रममा ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रिय सदस्य भुषणलाल श्रेष्ठ, लियो क्लबका अध्यक्ष सुदिक्षा भट्ट, आयोजक लायन्स क्लबका अध्यक्ष बिकल पराजुलीको उपस्थिती रहेको थियो ।

Post Comment