भारतीय गाडीको लश्कर सहित फिल्मी शैलीमा गृहजिल्ला पुगिन् राज्यमन्त्री झा (भिडियोसहित)

भारतीय गाडीको लश्कर सहित फिल्मी शैलीमा गृहजिल्ला पुगिन् राज्यमन्त्री झा  (भिडियोसहित)
समाज

श सरकारको राज्यमन्त्रीको स्वागतमा ८०–८५ जीपसहित भारतीय गाडीको लश्कर देखिएको सुन्दा पत्याउन गाह्रो पर्न सक्छ । तर, २ नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री डा. डिम्पल झाको स्वागतमा गृहजिल्लामा धेरै जीप देखिएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोमा राज्यमन्त्रीको स्वागतमा प्रयोग भएका गाडीको लस्कर अगाडि बढिरहेको देखिएको छ ।

राजपा नेपालकी नेत्रीसमेत रहेकी राज्यमन्त्री झालाई गृहजिल्लामा भव्य स्वागत र सम्मान गरिएको छ । राज्यमन्त्री भएपछि मंगलवार पहिलो पटक गृहगाउँ रौतहटको मत्सरी पुग्दा करीब ८० देखि ८५ वटा गाडी सहितको लावालश्कर उनको स्वागतमा कुदेको थियो ।

लावालश्करमा रहेका जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दीपककुमार झाले जनकपुरदेखि रौतहटको मत्सरी पुग्न ३ घण्टा मात्र समय लाग्ने भएपनि बाटोमा भव्य स्वागत र सम्मान गरिएका कारण ६ घण्टा लागेको बताए ।

[youtube https://www.youtube.com/watch?v=-92sPIyzhSc]

Post Comment