दुई वर्षभित्रमा देशका सबै तुइन विस्थापित गरिसक्ने प्रधानमन्त्री केपी ओलीले २०७२ सालको असोजमा गरेको घोषणा तेस्रो वर्षमा पनि पूरा नहुने अधिकारीहरूले बताएका छन्।
गत हप्ता मात्रै प्रधानमन्त्री ओलीले अबको केही समयपछि नेपालमा तुइन देख्न नपाइने बताएका थिए।
तर तुइन विस्थापन योजनामा संलग्न अधिकारीहरूका अनुसार सुर्खेतमा बनाइने दुईवटा ठूला र महाकाली नदीमा बनाइने पाँचवटा बाहेककै २६ वटा झोलुङ्गे पुलको निर्माण सकिन यो पूरै वर्ष लाग्नेछ।
हालै एउटा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्णरूपमा तुइन विस्थापित नभएकोमा सामाजिक सञ्जालमा तस्वीर राख्दै सरकारको आलोचना गर्नेहरूप्रति व्यङ्ग्य गरे।