सिक्दै गरेको ट्याक्सी खोलामा खस्दा आमा-छोरा बेपत्ता

सिक्दै गरेको ट्याक्सी खोलामा खस्दा आमा-छोरा बेपत्ता
समाज

म्याग्दीको बेनीमा ड्राइभिङ सिक्नका लागि प्रयोग गरिएको ट्याक्सी नदीमा खस्दा दुई बेपत्ता भएका छन्।

बेनीस्थित जिल्ला प्रहरी कार्यालयको पछाडिको बहुद्देश्यीय खेल मैदानबाट ध १ ज २५१ नं को ट्याक्सी म्याग्दी नदीमा खस्दा जलजला गाउँपालिका बगरफाँटकी ३० वर्षीया शोभा अधिकारी खाती र उनका ८ वर्षीय छोरा सागर बेपत्ता भएको प्रहरीले जनाएको छ।

अधिकारीले छोरालाई सँगै राखेर ट्याक्सी सिक्ने क्रममा खेल मैदानको डिलबाट नदीमा खसेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताए। बेपत्ता ट्याक्सी र अधिकारी आमाछोराको खोजीमा प्रहरी तथा स्थानीय बासिन्दा परिचालन भए पनि अझै भेटिएका छैनन्।

नदीले बगाएको ट्याक्सी बेनी ड्राइभिङ  इन्स्टिच्युटको हो। इन्स्टिच्युका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

Post Comment