मोरङको लेटाङ नगरपालिकास्थित जाँतेमा रहेको एक विद्यालयको खानेपानी ट्यांकीमा अज्ञात व्यक्तिले हालेको विषादीका कारण २० जना विद्यार्थी बिरामी परेका छन् ।
स्थानीय श्री माध्यमिक विद्यालयको खानेपानी ट्यांकीमा हालिएको विष मिस्रित पानी पिउँदा विद्यार्थी बिरामी परेका हुन्।
बिरामीमध्ये १८ जनाको उर्लाबारी-३ मंगलबारेस्थित मंगलबारे अस्पतालमा उपचार भइरहेको जाँतेस्थित प्रहरी कार्यालयका असई हरिनारायण राजवंशीले बताए। उनका अनुसार अरु खुश्बु मिश्र र सृष्टि निरौलालाई थप उपचारका लागि विराटनगर पठाइएको छ।
विद्यालय परिसरमा रहेको ५ सय लिटर क्षमताको सिमेन्टबाट बनाइएको ट्यांकीमा विषादी हालेको पाइएको थियो।