निर्मला बलात्कार प्रकरणका मुख्य अभियुक्त सार्वजनिक

निर्मला बलात्कार प्रकरणका मुख्य अभियुक्त सार्वजनिक
समाज

कञ्चनपुरकी ११ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् ।

आइतबार केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले हत्यामा संलग्न भएको आरोपमा दिलिपसिंह विष्टलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई घटना भएको २५ दिनपछि समातेको हो ।

प्रहरी स्रोतको अनुसार उनलाई आजै जिल्ला प्रहरी कार्यालय लाने तयारी भइरहेको छ । उनलाई म्याद थप गरेर सार्वजनिक गर्ने प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उनले आफ्नो कसुर स्वीकारिसकेका छन् । यसअघि साउन ११ गते निर्मला मृत अवस्थामा भेटिएकी थिइन् । उनको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको थियो ।

Post Comment