अर्को बलत्कारको दर्दनाक घटना , काठमाडौंमा १४ वर्षिया किशोरी बलात्कृत

अर्को बलत्कारको दर्दनाक घटना , काठमाडौंमा १४ वर्षिया किशोरी बलात्कृत
समाज

शनिबार साँझ काठमाडौंमा एक किशोरी बलात्कारमा परेकी छिन्।  तारकेश्वरमा १४ वर्षिय किशोरी बलात्कारमा परेकी हुन्।

नेपालटारस्थित खाजा घरमा काम गर्ने किशोरी बलात्कारमा परेकी हुन्। प्रहरीले बलात्कारको अभियोगमा बाजुरा बुढीनन्द नगरपालिका–१० का १८ बर्षीय साजन बोहरालाई पक्राउ गरेको हो।

पीडित किशोरी सोही खाजा घरमा काम गर्दथिन्। मदिरा पिएर उनले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। अभियुक्तलाई पक्राउ गरी विस्तृत अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी चिरञ्जिवी कोइरालाले बताए।

Post Comment