बरिष्ठ समाजसेवी हेम थापा दम्पत्तीले गरे क्यान्सर पिडित किशोरी बचाउन ५० हजार सहयोग

समाज

युएस नेपाल न्युज, न्युयोर्क, अमेरिका । आफुले १८ घन्टा परदेशमा खटिएर पसिना बगाएर कमाएको पैसा निरन्तर परोपकारमा खर्छ गरीरहेका बरिस्ठ समाजसेवी हेम थापा (अमेरिका) दम्पतीले पुन अर्को सहयोग गरेका छन ।

रकम ट्रान्सफर को बिल

थापा दम्पत्तीले सोमबार रोल्पा जितवाङ-७ स्थाई घर भइ हाल दाङको घोराई उप. म. न. पा- ७ बस्दै आएकी र आर्थीक अवस्था कमजोर भएकी ८ कक्षामा अध्ययनरत १५ बर्षीया नारायणी घर्तीको उपचारको लागि रुपैँया पचास हजार (५०,०००/-) सहयोग गरेको समाजसेवी हेम थापाले बताए । पिडित बालिकाका बुबा भुपेन्द्र प्रकाशका अनुसार नारायणीलाई हातमा क्यान्सर भएको छ ।

क्यान्सर पिडित नारायणी घर्ती मगर

हाल अमेरिका निवासी समाजसेवी हेम थापा दम्पत्तीको स्थाई घर तेह्रथुम जिल्ला मोराहाङ गाबिस ९ सिकिदेम हो । स्मरण रहोस समाजसेवामा करोड भन्दा बढी खर्च गरिसकेका यी दम्पतीले साउदीमा फसेका प्रेम राई बचाउन ५ लाख र कुमार राना बचाउन २ लाख आफ्नै खल्तीको पैसा खर्च गरेका थिए । आजसम्म जति पनि सहयोग गरे आफ्नै पसिनाको कमाईको पैसा खर्च गरिरहेको थापा दम्पत्ती बताउँछन ।

Post Comment