काठमाण्डौंमा भान्जीमाथि मामाले गराए सामूहिक बलात्कार

काठमाण्डौंमा भान्जीमाथि मामाले गराए सामूहिक बलात्कार
समाज

काठमाण्डौंको कलंकीमा एक युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तकाे बलात्कारपछि हत्या भएकाे घटना सेलाउन नपाउँदै कलंकीमा युवतीमाथि सामूहिक बलात्कार भएकाे घटना बाहिरिएकाे हाे ।

महानगरीय प्रहरी वृत्त कालीमाटीमा युवती हराएको निवेदन परेपछि प्रहरीले खोजी थालेको थियो । खोजतलास गर्दा ती युवती होटलमा भेटेपछि सामूहिक बलात्कार भएको रहस्य खुलेको थियो ।

नागार्जुन नगरपालिका-७ हसनटार बस्ने २१ वर्षीया युवतीलाई उनीहरुले ललाई फकाई होटलमा जवरजस्ती करणी गरेको बताइएको छ ।

प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ समेत गरेको छ । युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा नुवाकोट रालुकादेवी गाउँपालिका अर्जुन लामा, काठमाण्डु नागार्जुन नगरपालिकाका सूर्य राना र भीमढुङ्गा नर्सरीमा होटल सञ्चालन गर्ने रामकृष्ण नगरकोटीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रचना(नामपरिवर्तन) सोमवार विहानदेखि घर परिवारसँग सम्पर्कमा थिइनन् । दिनभर परिवारले रचनाको बाटो हेरे। तर उनी राति अबेरसम्म पनि फर्किएनन् । परिवारले आफन्त, छिमेकमा खोजी गर्दा नभेटिएपछि प्रहरीकोमा पुगे । परिवारले रचना हराएको भन्दै प्रहरीमा खोजी गरिदिन उजुरी दिए । उजुरीसँगै प्रहरीले खोजी कार्य सुरु गर्‍यो ।

प्रहरी टोलीले रचनालाई राति नै स्युचाटारको एक होटलमा भेटिए । रचनालाई अर्जुनले उक्त होटलमा पुर्‍याएका रहेछन् । उनीहरूबिच पहिलेदेखि नै चिनजान रहेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।

प्रहरीकाअनुसार लामाले रचनाकी आमालाई दिदी बनाएका थिए । कानसमेत नसुन्ने रचनालाई अर्जुनले भान्जी भन्थे । सोमवार बिहानदेखि रचना उनै मामा मानेका लामासँगै थिइन् । दिउँसो करिब ४ बजेतिर लामाले होटेलमा खाजा खान भन्दै लगेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

स्युचाटारमा रहेको होटलमा पुगेपछि रचनाको सामूहिक बलात्कार भयो । मामा पनि सँगै थिए । घटनाको थप अनुसन्धान भइरहेको एसपी रामदत्त जोशीले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post Comment