पोखरा महानरगपालिका–२२ पुम्दीभुम्दीको कोदी भन्ने ठाउँमा मंगलबार सबेरै बालिका मृत भेटिइन् । १० वर्षीया श्रेया बिक (सुनार) हिजो साँझ साढे ६ बजेदेखि घर फर्केकी थिईनन् । आफन्तले राति सम्म खोजी गर्दा भेट्टाएनन् । तर बिहानै श्रेया मृत अवस्थामा भेटिइन् ।
मंगलबार बिहान ८ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मामा घरबाट पसलतिर जाने बाटोमा पर्ने खोल्सा छेउको झाडीमा शव भेटिएको हो । स्थानीयका अनुसार श्रेया बिस्कुट किन्न भनेर पसलतिर गएकी थिईन्, तर फर्केर आईनन् ।
झाडीमा शव घोप्टो परेको अवस्थामा थियो । बालिकाको निधारमा ढुंगाले हानेर हत्या भएको अनुमान गरिएको छ । शवको छेउमै रगत लागेको ढुंगा भेटिएको छ । तलको कपडा खोलिएको र माथिल्लो भागको कपडा घाँटीसम्मै सोहोरिएको छ ।
बाबुले दोस्रो बिहे गरेपछि उनी आमासँगै मामाघरमा बस्दै आएकी थिइन् । उनी स्थानीय लीला आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्ने विद्यार्थी हुन् । बिरामी रहेकी आमा बेले बिक डेढ महिना अघिमात्रै उपचार गराएर घर फर्केकी थिईन् ।
सबै स्रोतहरु भन्छन्‘ श्रेयाको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्ट आयो । टाउकाको दायाँ भागको चोट मृत्युको प्रमुख कारण ।’ कास्की प्रहरी भोलि पोस्टमार्टम रिपोर्ट बुझ्नुभन्दा पहिल्यै अपराधी पक्रने एकलव्य अभियानमा रहेको छ ।