पोखरामै अर्को दर्दनाक घटना: ५५ वर्षिय श्रीमानले श्रीमतीको हत्या गरि बोरामा फाले

पोखरामै अर्को दर्दनाक घटना: ५५ वर्षिय श्रीमानले श्रीमतीको हत्या गरि बोरामा फाले
समाज

पोखरा ३२ खोलाको छेउमा रहेको सुकुम्बासी बस्तीमा श्रीमातीको हत्या गरेर फरार भएका श्रीमान पक्राउ परेका छन् । बुधबार राती घरमै श्रीमतिको हत्या गरेर उनी भागेका थिए । विहानैदेखि घटनास्थल पुगेको संघीय इकाई प्रहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रयासले हत्यारालाई पक्राउ गरिएको हो ।

५५ बर्षिय यानबहादुर गुरुङले आफ्नै श्रीमति ६० बर्षिया श्रीमाया गुरुङको हत्या गरेका हुन् । छिमेकीलाई आफुले हत्या गरेको खवर छिमेकीलाई छोडेर उनी भागेका कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए । श्रीमतिलाई प्यारालाईसिस भएको बताईएको छ ।

हत्या गरेपछि शवलाई बोरामा पोको पारेर फालेको स्थानीयले बताएका छन् । ‘मैले बुढीलाई मारें भनेर याने घरबाट निस्किएको हो । अहिलेसम्म फर्किएको छैन, स्थानीयले भने ।’

Post Comment