यिनै हुन् घुससहित रंगेहात पक्राउ परेका डिएसपी राई

यिनै हुन् घुससहित रंगेहात पक्राउ परेका डिएसपी राई
समाज

महानगरीय प्रहरी वत्त, बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामकुमार राई घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार उनलाई पक्राउ गरेको हो ।

 सेवाग्राहीसँग घुस लिँदालिँदै उनलाई पक्राउ गरिएको आयोगका सहसचिव रामेश्वर दंगालले पुष्टि गरे । यद्यपि, कति रकमसहित पक्राउ गरिएको हो भन्ने बारेमा विवरण आइनसकेको उनले बताए ।

उनीले बौद्ध क्षेत्रमा व्यापारीहरूबाट रकम असुली गरेर अातंक मच्चाएको भन्दै प्रहरी प्रधान कार्यालयमा समेत उजुरी परेको थियो । तर, शक्ति केन्द्रको संरक्षणको अाडमा रार्इलार्इ कुनै कारबाही हुन सकेको थिएन ।

प्रहरी अधिकारीहरूले पटकपटक उनलार्इ सुध्रिन चेतावनी दिएको भए पनि उनले रकम असुली छाडेका थिएनन् । अन्ततः उनी अख्तियारको फन्दामा परेका छन् ।

गएराति पनि मुलपानीमा उनको संरक्षणमा चल्दै अाएको जुवा अखडामा काठमाडौं प्रहरी परिसरको टोलीले छापा मारेको थियो । त्यसक्रममा भागदौड मच्चिँदा दुई जनाको मृत्यु समेत भएको थियो ।

Post Comment