४ वर्षिय बालीकालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका – २५ याम्दीका २२ वर्षिय सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले ललाई फकाई एकान्तमा लगेर बालिकालाई अस्वभाविक क्रियाकलाप गरेको बताएकी छिन् ।
युवकले बुधवार पनि बालिकालाई फकाउने प्रयास गरेका थिए तर बालिकाको आमाले थाहा पाएपछि बालिकालाई उक्त युवकसँग जानबाट रोकेकी थिईन् ।
पिडित बालिकालाई श्रेष्ठलाईले असोज २३ गते बलत्कारको प्रयास गरेको भन्दै पिडित पक्षले असोज २४ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।
पिडित बालिकाको स्वास्थ्य परीक्षणका असोज २४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको प्रहरीले जनायो ।