मन्त्री बिना मगरलाई आफ्नै गाउँमा कालो झण्डा

मन्त्री बिना मगरलाई आफ्नै गाउँमा कालो झण्डा
समाज

खानेपानी तथा सरसफाइमन्त्री बिना मगरलाई नेपाली कांग्रेसका कार्यकर्ताहरूले कालो झण्डा देखाएर विरोध गरेका छन् ।

गृहजिल्ला कञ्चनपुरको बेलौरीमा कांग्रेस कार्यकर्ताले बिना मगरलाई कालो झण्डा देखाएर विरोध गरेका हुन् । पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलाको उद्घाटन कार्यक्रममा आउने क्रममा मन्त्री मगरलाई बिहीबार कालो झण्डा देखाएर बिरोध प्रदर्शन गरेका थिए ।

मन्त्री मगरको सुरक्षाका लागि बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । तैपनि कांग्रेसका कार्यकर्ताहरूले मन्त्री मगरलाई कालो झण्डा देखाए विरोध गरेका थिए ।

कांग्रेसका कार्यकर्ताले सुरक्षाकर्मीहरूलाई छलेर बाटैभरि विभिन्न स्थानमा कालो झण्डा देखाएरमन्त्री मगरविरुद्ध नाराबाजी गरेका थिए ।

कैलाली–कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीस्थित सीमा नाकाको स्तरोन्नति गर्नुको साँटो कैलालीको खक्रौलामा नेपाल–भारत नाका बनाएको भन्दै नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का कार्यकर्ताहरूले बिरोध स्वरुप कालो झण्डा देखाएका हुन् ।

Post Comment