धर्म गर्न जानेले नै कुरुप बनाए मुक्तिनाथ क्षेत्र: रुख देखि जमिनसम्म नुहाएर फालेका भित्रि बस्त्र छरपस्ट

धर्म गर्न जानेले नै कुरुप बनाए मुक्तिनाथ क्षेत्र: रुख देखि जमिनसम्म नुहाएर फालेका भित्रि बस्त्र छरपस्ट
समाज

पछिल्लो समय प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरुको घुइँचो लागेको छ । नेपालबाट मात्रै होइन विदेशबाट समेत दर्शानार्थीहरु मुक्तिनाथ पुग्ने समय हो यो ।


पाप पखाल्न अनि धर्म कमाउन पुग्नेहरुको कै कारण मुक्तिनाथ मन्दिर क्षेत्र दुर्गन्धित बन्दै गइरहेको छ । १ सय ८ धारा नुहाएपछि पाप पखालीने विश्वास रहि आएको छ । त्यहि धारा नुहाएर पाप पखाल्नेहरुले लगाएका भित्रि बस्त्रहरु मन्दिर वरपर फालेपछि कुरुप अनि दुर्गन्धित बनेको हो मुक्तिनाथ मन्दिर ।

भ्रमणका लागी हिजो बुधवार मात्रै मुक्तिनाथ पुगेका अनेरास्ववियूका विधार्थी नेता प्रकाश पौडेलले आफ्नो फेसबुक मार्फत मुक्तिनाथ वरपरका कुरुप दृश्य सार्वजनिक गरे ।

उक्त फोटोहरुमा मुक्तिनाथ बरपर रहेका रुखमा पुरुष अनि महिलाका भित्रि बस्त्रहरु झुण्डिएका र जमिनमा फालिएको स्पष्ट देख्न सकिन्थ्यो ।
‘पवित्र धार्मिक स्थलमा पुग्दा देखेको त्यो दृश्यले मलाई दुखित बनायो’ नेता पौडेलले भने: ‘धर्म गर्न आउनेहरु कै यस्तो व्यबहारले कस्तो सन्देश देला।’

नेता पौडेलले हिजै केही समय त्यसक्षेत्रमा सरसफाइको सुरुवात गरे । हिजो साँझ जोमसोम आइपुगेका उनले बिहिबार बिहानै अनेरास्वबियू मुस्ताङ जिल्ला कमिटि अध्यक्षपेमा छेदेन बिक सहितको टोली लिएर मुक्तिनाथ पुगी सरसफाइ सम्पन्न गरेका छन् ।

पवित्र धार्मिक स्थल बरपर आफ्नो भित्रि बस्त्र फ्याकेर दुर्गन्धित बनाउनेले कसरी पुण्य कमाउन सक्छ ? उनले प्रश्न गरे ।

Post Comment