सांसद अधिकारीले भने:“मादि करिडोरको बजेट कहाँ गयो खोजी गरिपाउँ”

सांसद अधिकारीले भने:“मादि करिडोरको बजेट कहाँ गयो खोजी गरिपाउँ”
समाज

कास्की क्षेत्र नं १ का सांसद खगराज अधिकारीले मादी करिडोरको बजेट हराएको भन्दै खोजी गरिदिन सरकार र सदनको ध्यानकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद अधिकारीले आफ्नो क्षेत्रको बिकास बारेमा ध्यानाकर्षण गराएका हुन् ।

“मादि करिडोरको बजेट केन्द्र सरकारसँग पनि छैन, प्रदेशले पनि पाएको छैन । बजेट कहाँ गयो खोजी गरिपाउँ ।” अधिकारीले भने ।

संसदको आजको बैठकमा सासंदहरुले स्थानीय तहमा केन्द्रीय सरकारको उपस्थिति नभएको भन्दै विकास निर्माणको काम प्रभावित भएको गुनासो गरेका थिए।

Post Comment