रामबहादुर बमजनको आश्रममा छापा मारियाे

रामबहादुर बमजनको आश्रममा छापा मारियाे
समाज

आफूलाई ‘लिटिल बुद्ध’ को रुपमा चिनाउँदै आएका बाराका रामबहादुर बमजनको सिन्धुपाल्चोकको बाढेगाउँमा रहेको आश्रममा प्रहरीले छापा मारेको छ ।

उनको आश्रमबाट मकवानपुरका दुईजना हराएको निवेदन परेपछि प्रहरीले सिन्धुपाल्चोकसँगको सहकार्यमा खोजी सुरु गरेको हो ।

प्रहरीको अनुसन्धान टोलीले शुक्रबार आश्रम प्रवेश गरि सोधपुछ र आवश्यक अनुसन्धान सुरु गरेको हो । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले सिन्धुपाल्चोकबाट अनुसन्धान सुरु भएको बताए । उनले फरेन्सीक टिम र विज्ञ सहितको टोली खटाएर हराएका ब्यक्तिको खोजी सुरु भएको बताए ।

सिआईबीसहितको प्रहरी टोली फिल्डमा परिचालन गर्ने जिम्मा सिन्धुपाल्चोकका एसपी मुकुन्द मरासिनीले पाएका छन् ।

बमजन आश्रमको खानतलासी गर्न सिन्धुपाल्चोक जिल्ला अदालतबाट प्रहरीले बिहिबार नै अनुमति लिइसकेको थियो ।

पछिल्ला केही दिनदेखि कानुनी प्रकृया मिलाउने र बमजनविरूद्धको कारबाही अगाडि बढाउने योजनाको नेतृत्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरिरहेका छन् ।

खनालले उक्त कामका लागि सिआईबी प्रमुख निरज शाही, मकवानपुरका एसपी बुद्धि गुरूङ र सिन्धुपाल्चोकका एसपी मरासिनीलाई परिचालन गरेका थिए ।

मकवानपुरका सन्चलाल वाईबा र फुलमाया रुम्बा सिन्धुपाल्चोक आश्रमबाट हराएको निवेदन प्रहरीमा परेको हो ।

Post Comment