महेश नेपाल, पौष २४, काठ्माण्डौ । देश तथा बिदेशमा रहेर समाज सेवामा समर्पीत रहेका युवाहरु द्वारा गठन गरिएको कमाण्डो फेमीलीले काठ्माण्डौको मुलपानीमा अवस्थीत हास्य कलाकार सुलेमान शंकर ईकु द्वारा सञ्चालित स्नेहा बाल आश्रमलाई चौवालीस हजार चार सय चौवालीस रुपैया (४४,४४४) सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमका बिच लोकप्रीय गायिका गितादेबीले उक्त रकम सुलेमान शंकर ‘ईकु’लाई हस्तान्तरण गरेकी थिईन । आश्रम बि.सं २०७२ सालदेखी सञ्चालमा रहेको ईकुले बताए ।
बाल आश्रममा हाल १४ बालबालिका अश्रीत छन । बाल आश्रमको आयश्रोत के हो भन्ने प्रश्नमा कलाकार ईकुले भने: “मैले ब्यक्तीगत रुपमा विभिन्न देशमा गएर स्टेज प्रोग्राम गर्दा आएको ब्यक्तीगत रकम र केही शुभेच्छुकले अली अली गर्नु भएको सहयोगले आश्रम चलिरहेको छ । ” उनले थपे बेला बेलामा केही समाजसेवी स्वभावका ब्यक्तीहरु आएर आफ्नु जन्मदिन मनाउनु हुन्छ र जन्म दिनमा लाग्ने खर्चको केही राशन पानी सहयोग गर्नुहुन्छ, यसै गरी संस्था चलिरहेको छ ।
हाल आश्रम भाडामा लिएर चलाईरहेको र सोचे अनुसार सहयोगी हातहरु पाए आगामी दुई बर्ष भित्र आफ्नै भवन बनाउने सोचमा रहेको ईकुले हामीलाई बताए । संस्थामा मासीक एक लाख भन्दा बढी खर्च भैरहेको र संस्था चलाउन निकै गारो परिरहेकोले सहयोग गरिदिनु हुन उनले सबैलाई अनुरोध समेत गरेका छन ।