महेश नेपाल, काठ्माण्डौ । निरन्तर समाज सेवामा सक्रीय कमाण्डो ग्रुपले मुटु रोगी सुर्य कुमारी सिलवाललाई रु: ३३,३३३ (तेत्तीस हजार तीन सय तेत्तीस) सहयोग गरेको छ ।
लोकप्रीय गायिका गितादेबीले अनलाई टेलिभिजन फुलचोकी मिडिया मार्फत उक्त रकम मुटुरोगी सिलवाललाई आईतबार हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।
देश तथा बिदेशमा छरीएर रहेका युवाहरुले समाज सेवा गर्ने उदेश्यले स्थापना गरेको कमाण्डो फेमेलीले पटक पटक गरि लाखौँ सहयोग गरीसकेको गायिका गितादेबीले हामीलाई बताईन ।