रेन्बो चिल्ड्रेन होम नेपाल द्वारा चेपांग बस्तिमा न्यारो राहत वितरण (फोटो फिचर)

रेन्बो चिल्ड्रेन होम नेपाल द्वारा चेपांग बस्तिमा न्यारो राहत वितरण (फोटो फिचर)
समाज

रेन्बो चिल्ड्रेन होम नेपाल द्वारा आयोजित न्यारो राहत वितरण तथा शैक्षिक जागरण कार्यक्रम अन्तर्गत चितवन माडी नगरपालिकामा पर्ने कुसुम खोलामा बसोबास गर्ने १०८ चेपांग परिवारलाइ न्यानो कपडा बितरन गरियो /

साथै रास्ट्रीय आधारभूत बिद्यालय, अयोध्यापुरीमा पढ्ने ७० जना चेपांग बालबालिकाहरु लाइ शैक्षिक सामग्री तथा न्यानो कपडाहरु बितरण गरियो /

मणिपाल रोटोर्याक्टले न्यानो कपडा संकलन गर्न सहयोग गरेको थियो / उक्त अवसरमा मानब समाज सेवा, माडी चितवनका अध्यक्ष समाजसेवी तथा शिक्षक टिका आचार्यले चेपांग समुदायलाइ पढाइ महत्व दर्शाउदै चेपांग बालबालिका हरु लाइ स्कुल पठाई दिन अभिभाबक संग अनुरोध गरे /

रेन्बो चिल्ड्रेन होम नेपालका अध्यक्ष समाजसेवी गोमा ढकालले समाजमा अत्यन्त पिछडीएको बर्ग मध्यको चेपांग जनजातिलाइ उनिहरुको जीवनस्तर उकास्ने, रोजगारीको ब्यबस्था तथा आय आर्जनको बाटो सरकार स्तर बाट हुन जरुरी छ /

रास्ट्रीय आधारभूत बिद्यालयका शिक्षकका अनुसार राप्ति खोला बढेको बेला स्कुल पारि बस्ने चेपांग बालबालिकाहरु खोला तर्न नसकी स्कुल आउने नसक्ने स्थिति रहेछ /

चेपांगहरु जङ्गलको नजिकै खोरिया फाडेर बस्न रुचाउदा रहेछन / चितवन रास्ट्रीय निकुन्ज भित्र पर्ने कुसुम खोलाको किनारामा बस्ने चेपांग समुदायको गुनासो केहि आय आर्जन गर्ने काम पाएमा जीवन गुजारामा सहयोग हुने थियो भन्ने रहेको छ /

Post Comment