विद्यालय गइरहेकी बालिकालाई बलात्कार गर्न खोज्ने भारतीय नागरिक इलामबाट पक्राउ परेका छन् । इलामकाे माई नगरपालिका–३, मा मजदुरी गर्दै आएका भारत बिहारका मुर्सिद खानलाई मंगलबार प्रहरीले पक्राउ गरेकाे हाे ।
२६ वर्षीय खानले १५ वर्षीया बालिकालाई विद्यालय जाँदै गरेको समयमा बलात्कारकाे प्रयास गरेकाे प्रहरीले बताएकाे छ । घटनापछि बालिकाले परिवारलाई खबर गरेपश्चात परिवारले प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
पक्राउ परेका खानलाई कानुनी कारबाही प्रक्रिया सुरु गरिसकेको प्रहरीले जनाएको छ ।