पोखरामा १४ वर्षीय सचिनको घाँटी रेटेर हत्या गर्ने कुमार पक्राउ (भिडियो)

पोखरामा १४ वर्षीय सचिनको घाँटी रेटेर हत्या गर्ने कुमार पक्राउ (भिडियो)
समाज

पोखराको लेकसाइडमा १४ वर्षीय बालक सचिन सिंजालिको घाँटी रेटेर हत्या आरोपिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । केटीको विषयमा लफडा भएर हत्या गरेको कास्की प्रहरी प्रमुख एसपि ओम रानाले जानकारी दिए ।

पर्वत जिल्ला मल्लाज बस्ने २१ बेनी काले भनिने वर्षिय कुमार गर्बुजाले हत्या गरेको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मलेन गरेर हत्यारा सार्वजनिक गरेको हो ।

[youtube https://www.youtube.com/watch?v=sYZ0F6nUGZg]

लेकसाइडको खहरे क्षेत्र, स्ट्रिट नम्बर १७ मा निमार्णधिन घरमा शव फेला परेको थियो । मृतक सचिन पाल्पा जिल्ला रम्बापानी गाउँपालिका घर भई हाल लेकसाइड शान्तिनगरमा आफ्नो परिवार बसोबास गर्दै आएका थिए ।

अभियुक्त कुमारलाई कानुनमा व्यवस्था भए बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउँने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले बताए । वडा कार्यलय बैदामका प्रमुख डिएसपि नविन कार्कीको अनुसन्धान टोलीले अभियुक्ततलाई घटना भएको ७ घण्टा मै पक्राउ गरेको हो ।

Post Comment