साैतेनी छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

साैतेनी छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ
समाज

सौतेनी छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई सोमबार जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ ।

पटक पटक बलात्कार गर्ने र घटना सार्वजनिक गरेमा मारिदिने धम्की दिएका कारण घटना बाहिर आउन नसकेको प्रहरीले जनाएको छ ।

बेनिघाट रोराङ गाउँपालिका –४ का ४५ वर्षीय बाबुले ८ वर्षीया छोरीलाई लामो समयसम्म बलात्कार गर्दै आएको र पछिल्लो पटक पीडितकी आमाले आफ्नै श्रीमानले छोरीलाई बाँसको झ्याङमा लगेर बलात्कार गरेको घटना देखेपछि प्रहरीमा उजुरी गरेको बताइएकाे छ ।

आफूले विवाह गरेर ल्याएकी पत्नीको पहिलो श्रीमानपट्टिकी छोरीलाई बलात्कार गरेको घटना आफैले देखेको पीडितकी आमाले बताउनुभयाे ।

जिल्ला प्रहरी कार्यालयमा सोमबार उजुरी परेपछि त्यसैको आधारमा पक्राउ परेका आरोपितलाई जबरजस्ती करणी मुद्दा र हाडनाता करणी मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।

पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको र आरोपितलाई जिल्ला अदालतको आदेशमा अनुसन्धानका लागि म्याद थप गरी कारबाही अगाडि बढाइएको प्रहरीले बताएकोे छ ।

Post Comment