यौन प्रस्ताव राख्दै होटलमा बोलाउने उपमेयरका श्रीमान पक्राउ

यौन प्रस्ताव राख्दै होटलमा बोलाउने उपमेयरका श्रीमान पक्राउ
समाज

बाराको सिम्रौनगढ नगरपालिका ७ खजानीका ३९ वर्षीय जयन्त कुशवहा महिलालाई शारीरिक सम्पर्कको लागि बोलाएको आरोपमा पक्राउ परेका छन् । कुशवाहा सिम्रौनगढ नगरपालिकाकी उपमेयर रिना कुशवाहाको श्रीमान रहेको जनाइएको छ ।

ती महिलाका अनुसार कुशवाहाले लगभग एक महिनबाट फोन गर्दै पैसाको प्रलोभनमा यौन प्रस्ताव राख्दै आएका थिए । फोनबाट अश्लील शब्द प्रयोग गरी शारीरिक सम्पर्कका लागि पीडित महिलालाई बुधबार निजगढको एक होटेलमा भेट्ने योजना बनाएको र महिलाले प्रहरीलाई सुचना दिएपछि त्यहाँबाट कुशवाहालाई पक्राउ गरिएको हो ।

निजगढस्थित गुरुङ होटेलबाट बिहीवार साँझ ५ः३० ईलाका प्रहरी कार्यालय निजगढले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाएको छ ।

Post Comment