पहाडी क्षेत्रमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने

पहाडी क्षेत्रमा  मेघगर्जन र हावाहुरीसहित पानी पर्ने
समाज

शुक्रबार पहाडी क्षेत्रका केही भूभागमा साँझपख मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

पश्चिमी वायुसँगै स्थानीय वायुको असरले साँझपख पहाडी भेगको एकदुई ठाउँमा हावाहुरी र चट्याङसहित पानी पर्ने संभावना रहेको मौसमविद् सुवास रिमालले बताउनुभयो । उहाँका अनुसार मध्य र पूर्वको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने संभावना पनि छ ।

?

स्थानीय वायुको असरले शुक्रबार काठमाण्डौ उपत्यकासहित देशका पहाडी भूभागको मौसम बदली भएको छ । तराई क्षेत्रको मौसम भने सफा छ ।

पश्चिममा न्यूनचापीय प्रणाली आउन लागेकाले शुक्रबार राति पश्चिमी क्षेत्रको मौसम बदली भई केही ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद् रिमालको अनुमान छ ।

यही प्रणाली मध्य हुँदै पूर्व पुग्ने भएकाले शनिबार दिउँसो काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वी क्षेत्रको मौसम बदली भई केही ठाउँमा पानी पर्ने उहाँले जानकारी दिनुभयो ।

Post Comment