‘ बिहीबार पानी पर्ने सम्भावना छ’

‘ बिहीबार पानी पर्ने सम्भावना छ’
समाज

बिहीबार देशभरको मौसममा बदली भएको छ । दिउँसो देशको पुर्वी र मध्य भू–भागलगायत पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भू–भागहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


अबको दुईतीन दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

पूर्वमा बनेको न्यूनचापीय रेखा, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले अब दुई तीन दिन देशभरका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँले भन्नुभयो ‘आजभन्दा भोलि र भोलिभन्दा पर्सि देशभरी कै मौसम बदली भई पानी पर्नेछ ।’ बिहीबार मध्य र पूर्वको तुलनामा पश्चिममा भने थोरै पानी पर्ने उहाँले जानकारी दिनुभयो ।

बिहीबार राति उच्च हिमाली तथा पहाडी क्षेत्रको एकदुई ठाउँमा हिमपात हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Post Comment