पोखरा महानगरपालिका वडा ३ नदीपुर स्थित गण्डकी प्रदेशसभा भवन नजिकै बम फेला परेको बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एक जना घाइते भएका छन् ।
बिहानै फेला परेको बम डिस्पोज गर्ने क्रममा कालिभन्याङ् गणका कार्यरत नायक धर्म बहादुर थापा घाइते भएका छन् । हातमा चोट लागेका उनको उपचार फिस्टेल अस्पतालमा भैरहेको छ ।
यस्तै पोखरा महानगरपालिका २९ स्थित सैनिक बस्तीमा सकेट बम फेला परेको इलाका प्रहरी कार्यलय शिशुवाका डिएसपी मोहन बहादुर खाँडले जानकारी दिए । घटनास्थलमा बम डिस्पोज टोली पुगी सकेको उनले बताए ।