वरिष्ठ समाजसेवी हेम थापाले गरे कैलालीको बिद्यालयलाई यति धेरै सहयोग

वरिष्ठ समाजसेवी हेम थापाले गरे कैलालीको बिद्यालयलाई यति धेरै सहयोग
समाज

करन साउद, कैलाली । पुण्य कमाउन मन्दिर नै धाउनुपर्छ भन्ने भावना मात्र ठुलो कुरो होईन ।समाज सेवा नै धर्म हो गरिब दुखी असाय बेशाहरा टुहुरा पीडित लगायत मठ मन्दिर तथा बिधालय भवन क्षेत्रमा सक्दो सहयोग गर्नु नै ठुलो धर्म हो। यस्तै भावनामा लिप्त हुनुहुन्छ महान समाज सेवि हेम थाहा र माया थापा ।नेपालको तेह्रथुम जिल्लामा जन्मिनु भएका समाज सेवि हेम थापा अनि माया थापा हाल अमेरिकाको न्युयोर्क लाई कर्मथलो बनाउदै आउनु भएको छ।

कयौ नेपाली दुखी पीडित असाय टुहुरा लगायत मठ मन्दिर र स्कुल भवन जस्ता कार्यमा हेम थापा दम्पतीले करोडौं आर्थिक सहयोग गर्नु भएको छ त्यो नै मानव जिवनको एक मानवता हो । मानवले आफुले गर्ने दायित्वको झल्को पनि यो महान कार्यले दर्साएको छ।हेम थापाको यस महान कार्यलाई हामी सबैले सलाम ठोक्नै पर्दछ।केही दिन अगाडि मात्र कैलालीको कचालिमा निर्माणधिन स्कुल पचास हजार सहयोग गर्नु भएको थियो भने फेरि गौरिगंगा नपा ७ महुलिया कैलालीमा स्थापित आदर्श आधारभुत बिधालयलाई दस हजार आर्थिक सहयोग गर्नु भएको छ।

उहाँको यस महान कार्यप्रती आदर्श आधारभुत बिधालय ब्यबस्थापन समिती हार्दिक धन्यवाद प्रकट गर्दछ।

आदर्श आधारभुत बिधालय गौरिगंगा न.पा. ७ महुलिया कैलाली अभियान ।

Post Comment