करन साउद, धनगढी, कैलाली । नेपालको सुन्दर सुदुर पश्चिम भन्ने बित्तिकै हामी कसैको मन हुरुक्क हुन बाट पछि पर्दैन । त्यही सुन्दर सुदुर पश्चिम भुमिमा बेला बखतमा त्यस्तै ब्याक्तित्वहरु पनि भेटिने गर्छन् ।
सुदुर पश्चिमका डाडाकाडा वन जंगल हरियाली खोलानाला झरना अनि नदिनाला लगायत खप्तड राष्ट्रिय निकुञ्ज वडिमालिका बैजनाथ मन्दिर शैल्यश्वरी मन्दिर बढिकेदार घोडाघोडी ताल जस्ता थुप्रै प्राकृतिक सुन्दरता बोकेका सम्पत्तिहरु हाम्रै हुन।तिनै प्राकृतिक सौन्दर्यताको खानी भएको भुमी बाट जन्मिएका समुधर स्वरका धनी बालकलाकार हुन नृप खड्का ।
उनी अहिले १२ बर्षका भए । यहि कलिलो सानो उमेर मा उनी काठमाडौ पनि पुगिसकेका छन् । धनगढी निवासी ईरा ईङलिस एकेडेमीका संस्थापक कलिला समाज सेवि मनका धनी युवा तथा नृप खड्का का लागि ढुंगा खोज्दा देउता मिल्यो भने जस्तै मिल्नु भएका प्रेरणादायी ब्याक्तित्व हुन सुरेन्द्र बोहरा।
खड्का जन्मेको बिकट ठाँउ बाट ल्याएर आफ्नै बोर्डिङमा उनको शिक्षा दीक्षा देखि लिएर हरेक कुरामा आफुलाई सहयोग गरेको बाल कलाकार खड्काले बताए ।खड्का जन्मेको परिवारमा आर्थिक अवस्था एकदम कमजोर रहेको छ।
उनको आमा घरको काम गर्छन् त बुवा कृषि तिर धाउछन।बाल कलाकार खड्का ले काठमाडौ गएर पहिलो गित पनि रेकर्डिङ गराई सकेका छन भने भिडियो भने आर्थिक कमजोरीको कारण बाहिर ल्याउन नसक्ने बताएका छन् ।
उनको गितको बोल छोडदेउ दाई रक्सी गाजा रहेको छ भने स्वर नृप खड्का र चेतन बोहोराले दिएका छन् ।प्रीज्म रेकर्डिङ स्टुडियो ले यो गित उपलब्ध गराउने भएको छ।